कीवर्डहरू -

निमा एकेडेमीको मनसुन अफर, कक्षा १ देखि १० कक्षासम्मका कोर्षमा ३० प्रतिशतसम्म छुट

निमा एकेडेमीको मनसुन अफर, कक्षा १ देखि १० कक्षासम्मका कोर्षमा ३० प्रतिशतसम्म छुट

गुरू पूर्णीमाको अवसरमा अनलाइन लर्निङ प्लेटफर्म नीमा एकेडेमीले मनसुन अनलाइन एडुफेस्ट सुरू गर्ने भएको छ । बुधबारदेखि एक हप्तासम्म चल्ने उक्त फेस्टमा विभिन्न अफर ल्याउने भएको हो ।

उक्त अवसरमा नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मले कक्षा १ देखि १० सम्मका  अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्नेछ ।

मनसुन अफर अन्तर्गत विद्यार्थीहरूलाई कक्षा १ -१० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशत सम्मको छुट पाउने छन् ।

नीमा एकेडेमीका अनलाइन कोर्सका  शिक्षण सामग्री ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ,असाइनमेन्ट र एनिमेसनमा आधारित रहेका छन् ।

नेपाली बजारमा भौतिक रुपमा प्रदर्शनी मेला हुने गरेपनि डिजिटल माध्यम त्यसमा पनि अनलाईन शिक्षा क्षेत्रमा ज्ञानमेला नयाँ प्रयास मानिने कम्पनीको भनाइ छ ।