कीवर्डहरू -

ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा काम गर्दै सामसङ

ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा काम गर्दै सामसङ

सामसंगले ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा केही समय देखि काम गर्दै आएको पत्ता लागेको छ । आगामी ग्यालेक्सी बड्स टू प्रो सेतो, ग्रेफाईट र पर्पल रंगमा सार्वजनिक हुनेछ ।

ग्यालेक्सी बड्स टू प्रोको डिजाइन पनि सन् २०२१ मा सार्वजनिक भएको ग्यालेक्सी बड्स प्रो जस्तै रहेको छ । बड्सको ब्याट्री लाइफमा भने परिवर्तन आउने भएको छ ।

ग्यालेक्सी बड्स टू प्रो अगष्टमा सार्वजनिक हुने हल्ला रहेको छ । यसमा न्वाइज क्यान्सिलेसन फिचर पनि हुनेछ । यसले सजिलै सामसङको कुनै पनि हार्डवेयरसँग काम गर्न सक्छ ।