कीवर्डहरू -

आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध

आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध

एप्पलको आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध भएको छ । एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ मा कम्पनीले यस बारेमा जानकारी दिएको थियो ।

आईओएस १६ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाएको छ । यो ओएस अपडेटमा मेसेज, फोटो, म्याप र नोटिफिकेसनमा थुप्रै अपडेटहरु आएका छन् ।

आईओएस १६ मा नयाँ स्वास्थय ट्रयाकिङ फिचर पनि राखिएको छ । आईओएस १६ ले भविष्यको आईफोनहरुमा अल्वेज अन डिस्प्ले फिचर राख्ने भएको छ ।

फोनमा कस्टमाइज लक स्क्रीन पनि रहेको छ । यसले फोन अनलक गर्नुअघि विभिन्न कुराहरुलाई कस्टोमाइज गर्न दिन्छ । तपाईले ब्याकग्राउण्डमा फोटो सफल पनि राख्न सक्नुहुन्छ ।

लक स्क्रीनमा लाइभ एक्टिभीटिको फिचर पनि आईरहेको छ । यो एक विजेट हो जसले वास्तविक समयमानै ईभेन्टहरु अपडेट गर्ने गर्दछ ।

यसले प्रयोगकर्तालाई वर्कआउट, स्पार्टस गेम, उबर राईड आदिको बारेमा जानकारी दिनेछ । लक स्क्रीनले फोकस मोड पनि सपोर्ट गर्ने गर्दछ ।

त्यस्तै म्याक ओएस भेन्चुरामा पनि आईफोन र आइप्याडकै जस्तै सेटिगं फिचर रहने भएको छ । एपल्ले पहिले रहेको केही डिफल्ट एपहरुलाई पनि रिभ्याम्प गरिएको छ । त्यस कारण मेसेज, मेल, सफरी र अरु एपहरुमा अपडेट आएको छ । मेसेजमा अडियो मेसेजको फिचरमा अपडेट गरिएको छ ।

वाचओएस ९ मा अपडेट गरिएको पावर सेभिङ्ग मोड रहेको छ । यसले ब्याट्रीको खपत कम गरि एप र फिचरको प्रयोग गर्न दिन्छ । यो ओएसमा हेल्थ र एक्टिभिटी ट्रयाकिंग प्रणाली पनि रहेको छ । व्यायाम गर्नका लागि थुप्रै वर्कआउटहरु रहेका छन् ।