कीवर्डहरू -

साओमीले ल्यायो मनसुन अफर

साओमीले ल्यायो मनसुन अफर

साओमी नेपालले अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरियन्ट र साओमी १२ सिरिज अन्तर्गत साओमी १२ र साओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर मनसुन अफर सार्वजनिक गरेको हो ।

यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् ।

यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र रु.१९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै ८जीबी/२५६जीबीको साओमी १२ र साओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र रु. १४९९ मा पाउन सक्नेछन् ।