कीवर्डहरू -

क्लाउड स्टोरेजका लागि अमेजन वेब सर्भिस (एडब्लुएस)

क्लाउड स्टोरेजका लागि अमेजन वेब सर्भिस (एडब्लुएस)

अमेजन वेब सर्भिस एक क्लाउड–बेस्ड प्लेटफर्म हो, जसले एकीकृत वेब सेवाहरु प्रदान गर्छ । अमेजनको सहायक अमेजन वेब सर्भिसले व्यक्ति, कम्पनीहरु र सरकारहरुलाई माग अनुसारको क्लाउड कम्प्युटिङ प्लेटफर्महरु प्रदान गर्छ । भुक्तानी सदस्यताको आधारमा अमेजन वेब सर्भिस (एडब्ल्युएस) आफ्नो ग्राहकहरुलाई सेवाहरु दिने गरेको छ ।

यस प्रविधिले ग्राहकहरुलाई इन्टरनेटको माध्यमबाट जुनसुकै बेलामा विभिन्न कम्प्युटरको फाइलहरु एकआपसमा लेनदेन गर्ने अवसर दिन्छ । हरेक एडब्ल्युएस प्रणालीले आधुनिक ब्राउजर प्रयोग गरेर एडब्ल्युएसका  ग्राहकलाई  एडब्ल्युएस प्रणालीमा कनेक्ट गर्न जोड दिन्छ ।

सन् २०१७ मा एडब्ल्युएस ले कम्प्युटिङ, स्टोरेज, नेटवर्किङ, डेटाबेस, डेभलपर टुल, एप्लिकेशन सर्भिसहरु जस्ता ९० भन्दा बढी सेवाहरु समावेश गरेको छ, जसका सेवाहरु विस्तृत रुपमा फैलिएका छन् । एडब्ल्युएसले एनलाइटिक, इमेल र क्यालेन्डरिङ,  मोबाइल डेभलपमेन्ट र एप्लिकेशन टेस्टिङ जस्ता प्लेटफर्म सेवाहरु अफर गर्छ ।

एडब्ल्युएसले भर्चुअल प्राइभेट क्लाउड पनि प्रदान गर्छ, जसले एडब्ल्युएस स्पेसलाई अलग गर्छ र तपाईंसँग वातावरणको पूर्ण नियन्त्रण हुन्छ । यसले आफ्नो सेवाहरु र व्यवसाय बीच समर्पित नेटवर्क कनेक्शन प्रदान गर्छ ।

यसले एन्ड्रोइड र आइओएसको लागि  एडब्ल्युएस म्यानेजमेन्ट कन्सोलको मोबाइल एप भर्जन प्रदान गर्दछ । एडब्ल्युएसले  एडब्ल्युएस मोबाइल हब प्रदान गर्छ, जसले कुशलतापूर्वक डिजाइन र मोबाइल उपकरणहरु लक्षित गर्ने सुविधा समाधानहरु सिर्जना गर्न सक्षम बनाउँछ ।

एडब्ल्युएसले तपाईंलाई १२० भन्दा बढी क्लाउड सेवाहरुको मूल्यको लागि भुक्तानी प्रस्ताव प्रदान गर्छ । तपाईंले केबल आपूmलाई आवश्यक पर्ने सेवाहरुको मात्र शुल्क तिर्नुपर्छ र जबसम्म तपाईं ती सेवाहरु प्रयोग गर्नुहुन्छ, तबसम्मको शुल्क र सेवा मात्र तपाईंले प्राप्त गर्न सक्नुहुन्छ ।

डेभलपरलाई मेशिन लर्निङ मोडल बनाउनको लागि एडब्ल्युएसले सन् २०१५ मा अमेजन मेशिन लर्निङ सर्भिस लन्च गरेको हो । त्यसैगरी सन् २०१६ मा इमेज रेकग्निशन, टेक्ट टु स्पीच डीप लर्निङ मोडल र लेक्सलाई पावर दिने इन्जिनसहित ३ वटा नयाँ मेशिन लर्निङ सर्भिसहरुको घोषणा गरेको हो । एडब्ल्युएसले आफ्नो क्लाउड सर्भिस सन् २००६ देखि सुरु गरेको हो ।

यसले प्लेटफर्म कन्फिगरेशन अप्शनहरु, निगरानी र नीति सुविधाहरु, सुरक्षा र विश्वसनीयतामा उच्च स्थान दिन्छ । एडब्ल्युएसको मार्केटप्लेसमा धेरै तेस्रो पक्ष सफ्टवेयर सेवाहरु छन् । यो चलाउन सजिलो छ र यसले राम्रो गति र तीव्रता प्रदान गर्छ ।

यो प्रयोगलाई सुरक्षित छ र यसमा कुनै क्षमता सीमा छैन । राम्रा विशेषताहरु भए पनि यो आजुर र गूगलको दाँजोमा महँगो छ । एडब्ल्युएसले स्रोतहरुलाई क्षेत्रबाट फरक फरक पार्दछ । टेक्निकल सपोर्टका लागि शुल्क लिने र सुरक्षा सीमित रहेको यस क्लाउड सर्भिसमा सामान्य क्लाउड कम्प्युटिङका समस्याहरु आइपर्दछन् ।