कीवर्डहरू -

जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका अन्य तस्वीर पनि सार्वजनिक

जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका अन्य तस्वीर पनि सार्वजनिक

नासाले जेम्स वेब स्पेस टेलिस्कोपको अरु ईमेजहरु पनि सार्वजनिक गरेको छ । यी सबै रंगिन ईमेज रहेका छन् । फोटोमा क्यारिना नेबुला, दक्षिणी रिंग, एसएमएसिएस ०७२३, डब्लुएएसपी ९६ बि र स्टीफन्स क्वीन्टेट रहेका छन् ।

दक्षिणी रिंग नेबुला पृथ्वी भन्दा २५०० लाईट येर टाढा छ । यसलाई नियर इन्फ्रारेड क्यामेरा र मिड इन्फ्रारेड इन्स्ट्रुमेन्ट प्रयोग गरेर खिचिएको हो । यसले चीनले पठाएको हब्बल भन्दा एकदमै धेरै क्लियर ईमेज खिच्न सफल भएको छ ।

यी ईमेजले वैज्ञानिकहरुलाई नेबुलालाई बुझ्न सहज बनाउने छ । स्टीफन्स क्वीन्टेट पनि पृथ्वी भन्दा २९० मिलियन लाईट येर टाढा छ ।

स्टीफन्स क्वीन्टेटको ईमेज १५० मिलियन पिक्सेल भन्दा बढिको रहेको छ । यी ईमेजहरु एक हजार ओटा ईमेज फाइललाई जम्मा गरेर निर्माण गरिएको छ ।

यो जेम्स वेब स्पेस यो  १४ वर्ष देखि टेलस्कोपको विकास र ६ वर्ष देखि क्यालिब्रसन पछि यस्तो राम्रो फोटा खिच्न सक्ने भएको छ । फोटोमा देखिएको ब्रह्माण्ड ब्रह्माण्डहरुको क्लस्टर हो र यसको नाम एसएमएसिएस ०७२३ रहेको छ र यो ब्रह्माण्ड ४.६ अर्ब वर्ष अगाडि रहेको थियो ।

फोटोमा रहेका केही ग्यालेक्सीहरु अहिलेसम्म पनि देखिएका थिएनन् र त्यसको बारेमा वैज्ञानिकहरुले गहन अध्ययन गर्ने निर्णय लिएका छन् ।