कीवर्डहरू -

उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने 

उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न, अनुसन्धान तथा विकास गर्न र पेटेन्ट हेल्प डेस्क स्थापना गर्न सम्झौता गरिएको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले बताए ।

सम्झौतासँगै नास्टमा अब प्याटेन्ट हेल्प डेस्क स्थापना हुनेछ । ‘नास्ट र उद्योग मन्त्रालयको प्रतिनिधिबीच रहेने गरी प्याटेन्ट हेल्प डेस्ट स्थापना हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘कसरी जाने भन्ने कार्यविधि बनेको छैन् तर प्याटेन्टका लागि सपोर्ट सिस्टम नास्टमा स्थापना गरेर जाने सहमति भएको छ ।’

प्राज्ञिक व्यक्तिहरूले प्याटेन्ट दर्ताको काम प्राज्ञिक क्षेत्रमा हुनुपर्ने माग उठाइरहेका थिए । अब उक्त माग पनि सम्बोधन भएको छ । प्राज्ञिक संस्थामा प्याटेन्ट दर्ता अझ प्रभावकारी हुने नास्टको विश्वास छ ।

साना तथा मझौला व्यवसायलाई प्रविधि विकास गर्ने, समस्यालाई सम्बोधन गर्ने र अनुसन्धानसँग जोड्न नास्ट र मन्त्रालयबीच सहमति भएको छ ।

साना तथा मझौला उद्योगमा देखिएका विभिन्न समस्याहरू समस्या समाधान गर्न  समेत उद्योग मन्त्रालयसँग सम्झौता भएको ढकाले बताए ।