कीवर्डहरू -

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम डेलिभरी गर्न सुझाव दिएको छ ।

बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले हुलाक सेवाको पुनर्संरचना गर्दै गरिकता, राहदानी लगायतका दस्तावेज हुलाकमार्फत सम्बन्धित स्थानमा पुर्‍याउने व्यवस्था गर्न सुझाव दिएको हो ।

हुलाक सेवाको पुनर्संरचना गरी हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउँदै सम्भाव्यताको आधारमा सेवाको क्षेत्र विस्तार गरी नागरिकता, राहदानी लगायत दस्तावेज हुलाकमार्फत् सम्बन्धित स्थानमा पुयाउने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो केही समय यता पार्सल तथा चिठीपत्र सेवामा निरन्तर कमी आइरहेको छ । विभाग र मातहतका कार्यालयमा विभिन्न तहमा कुल ६ हजार २९४ दरबन्दी रहेको र वार्षिक रूपमा औसत चालु खर्च रू.३ अर्ब १० करोड हुने गरेको छ ।