कीवर्डहरू -

सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा

सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा

महालेखा परीक्षकको कार्यालयले काभ्रेमा बनेको सूचना प्रविधि पार्कलाई अन्य प्रायोजनमा प्रयोग गर्नु उपयुक्त नहुने बताएको छ ।

बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले सूचना प्रविधिका लागि तयार गरेका संरचना अन्य प्रायोजनमा प्रयोग गर्नु उपयुक्त नहुने बताएको हो ।

कम्प्युटर सफ्टवेयर उत्पादन, विकास, प्रवर्द्धन र निर्यातको लागि सुविधा उपलब्ध गराउने, सप्टवेयर सम्बन्धित दक्ष जनशक्ति एवं विशेषज्ञ तयार गर्ने, सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने, लगानीकर्ताहरूलाई साइबर सेवा उपलब्ध गराउने, सूचना प्रविधिको क्षेत्रमा आवश्यक अनुसन्धानका लागि सुविधा उपलब्ध गराउने उद्देश्य राखी सन् २००४ मा काभ्रेपलाञ्चोकको पनौतीमा नेपालकै पहिलो  काभ्रेपलाञ्चोकको पनौतीमा सूचना प्रविधि पार्क निर्माण भएको थियो ।

२३३ रोपनी क्षेत्रफलमा फैलिएको करिब २७ करोडको लागतमा बनेको पार्कलाई नेपाल सरकारले २०७५ चैत २९ मा सुरक्षण मुद्रण केन्द्र राख्ने निर्णय गरेको थियो । तर महालेखाले सूचना प्रविधिका लागि तयार गरेको संरचनालाई अन्य प्रयोजनमा प्रयोग गर्नु उपयुक्त नहुने सुझाव दिएको छ ।