कीवर्डहरू -

सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव

सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव

सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले प्रदान गर्ने सेवाको गुणस्तर सुनिश्चित गर्न महालेखाले निर्देशन दिएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले सरकारी एकीकृत डाटा सेन्टर तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले प्रदान गर्ने सेवाको गुणस्तर सुनिश्चित गर्न मान्यता प्राप्त स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराउनु पर्ने बताएको छ ।

‘एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले सञ्चालन प्रक्रिया, पूर्वाधार विकास, सुरक्षा पहुँच तथा नियन्त्रण  र गुणस्तर सम्बन्धि राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण नगराउनुका साथै आईएसओ मापदण्डअनुसार स्तर निर्धारण प्रमाणपत्र लिएको पाइएन्,’ प्रतिवेदनमा भनिएको छ ।

एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रलाई राष्ट्रिय सूचना प्रविधि केन्द्रले व्यवस्थापन गरिरहेको छ । सिंहदरबारको डाटा केन्द्रमा अवरोध आए सेवा सुचारू राख्न र डाटाको वैकल्पिक भण्डारको रूपमा हेटौंडाको डाटा सेन्टरलाई प्रयोग गर्ने गरिएको छ ।