पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्ने भएको छ । अमेरिकाको क्यान्सस सहरसँग पानासोनिकले ४ बिलियन डलरको सम्झौता गरेको छ ।
कम्पनीले ब्याट्री उद्योग निर्माण र सञ्चालन गर्न विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडी ब्याट्रीको उद्योग खोल्न लागेको हो । यो ठाउँ डि सोटा सहर नजिकै छ ।
यस उद्योगले अमेरिकामा ८ हजार रोजगारी सिर्जना गर्नेछ । यो प्लान्टले टेस्लाका लागि धेरै क्षमता भएको ब्याट्री निर्माण गर्नेछ ।
पानासोनिकल यसअघि पनि टेस्लासँग मिलेर रेनो, नेभाडा गिगाफ्याक्ट्रीमा काम गर्दै आएको छ । यसले निर्माणको क्रममा पनि १६ हजार ५०० लाई रोजगारी सिर्जना गर्नेछ ।