कीवर्डहरू -

४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन

४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन

४९ लाख खर्चेर निर्माण भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड स्वास्थ्य सेवा विभागले प्रयोगमा नल्याएको पाइएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा सफ्टवेयर निर्माण गरे बापत विभागले परामर्शदातालाई ४९ लाख ६० हजार भुक्तानी दिएपनि सफ्वटवेयर प्रयोगमा नल्याएको उल्लेख गरिएको छ ।

‘स्वास्थ्य संस्थाले दिने सेवाहरूको बारेमा नागरिकले सूचनाको पहुँचबाट उपचारको लागि स्वास्थ्य संस्था छनोट सुनिश्चित गर्ने उद्देश्यले मेरो अस्पताल एप निर्माण तथा बिरामीहरूको उपचार सम्बन्धी सम्पूर्ण विवरण विद्युतीय प्रणालीमा राखी रियल टाइममा बिरामीको उपचारसम्बन्धी तथ्याङ्क तुरुन्त उपलब्ध गराई स्तरीय उपचार गर्ने प्रणालीको विकास गर्न इलेक्ट्रोनिक हेल्थ रेकर्ड सफ्टवेयर निर्माण गरेबापत एक परामर्शदातालाई सम्झौताबमोजिम रू.४९ लाख ६० हजार भुक्तानी दिए तापनि सफ्टवेयर प्रयोगमा ल्याएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

सरकारी, गैरसरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्न स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई आधुनिकीकरण, गुणस्तरीय एवं प्रविधिमैत्री बनाई एकीकृत स्वास्थ्य सूचना प्रणालीको विकास गर्न, निर्माण भएका सफ्टवेयर प्रयोगमा ल्याउन महालेखाले सुझाव दिएको छ ।