कीवर्डहरू -

घरमै बसेर पढ्न र पढाउन चाहनेका लागि डब्ल्यू एच पिडिया (whpedia)

घरमै बसेर पढ्न र पढाउन चाहनेका लागि डब्ल्यू एच पिडिया (whpedia)

हरेक व्यक्तिको चाहना हुन्छ, पढेर राम्रो जागिर खाने । तर पढेर राम्रो जागिर पाउनु फलामको चिउरा चपाउनु जस्तै हो । अधिकांश विद्यार्थीको पढ्दा पढ्दै चिन्ताको विषय बन्छ : जागिर । देशको परिस्थिति अनुकूल नदेखेर बर्सेनि हजारौं युवायुवतीहरु बाहिरिरहेका छन् । देशमै बसेर केही काम गर्न खोज्नेहरु सीमित छन् ।

तर केही युवा यस्ता छन्, जसले पार्टटाइममा केही गर्न खोज्नेहरुका लागि सुनौलो अवसर सिर्जना गरेका छन् । विजय शर्माको यो सोचले पढाइसँगै होम ट्युशन पढाउन र पढ्न खोज्नेहरुको लागि भने आशालाग्दो अवसर प्रदान गरेको छ, जसलाई अशेष तिम्सिना, धिरज सुब्बा, ताराकिशोर खत्रीले साथ दिँदै आएका छन् ।

के हो डब्ल्यू एच पिडिया ?
यो एउटा त्यस्तो शैक्षिक संस्था हो, जसले कुनै पेसा वा व्यवसायमा दक्ष भएका व्यक्तिहरू, जो अरूलाई पनि सिकाउन चाहनुहुन्छ र अर्काेतिर छोटो समयमै घरमै बसेर आफूलाई मन लागेको कुरा सिक्न खोज्नेहरू दुवैलाई जोड्ने काम गर्दछ ।

आफ्नो अध्ययनमा कुनै बाधा नपर्ने गरी सकेसम्म ५/१० मिनेट भित्रमा जान आउन सक्ने सुविधा भएका ठाउँहरूमा आफूले जानेका कुरा सशुल्क सिकाउन सकिन्छ । एकछिन सिकाएर वा सिकेर आफ्नो दक्षता तथा आर्थिक अभावलाई हटाउन चाहनुहुन्छ भने तपाईं डब्ल्यूएच पिडिया whpedia पेजमा हेर्न सक्नुहुन्छ ।

कसरी काम गर्दछ ?
कुनै पनि विषय घरमा बसेर पढ्न र पढाउन चाहनेहरूका लागि डब्ल्यू एच पिडियाले सुन्दर अवसर सिर्जना गर्दछ । आफूलाई मन परेको वा विज्ञता भएका व्यक्तिले टाउको समातेर घोत्लिने दिन गए । यसमा पढाउन चाहनेले सर्वप्रथम whpedia.org मा गएर आफ्नो विस्तृत विवरण (नाम, ठेगाना, नागरिकता, शैक्षिक योग्यता आदि) हरू उपलब्ध गराउनु पर्दछ ।

आफूले पढाउन वा सिकाउन चाहेको कुरा खुलाउनु पर्दछ । त्यसरी नै अर्काेतर्फ आफूले पढ्न वा सिक्न चाहेको कुरालाई खुलाउनु पर्दछ । यसरी दुबैलाई मिलाउने काम भने ध्जउभमष्ब ले गर्दछ । तपाईंको एकछिनको समयको  सदुपयोगले उज्यालो भविष्यको निर्माण गर्नेछ ।

उपलब्धि र भावी योजना
वास्तवमा यस संस्थाले tutor (निजी शिक्षक) र सिक्न चाहने विद्यार्थीलाई जोड्ने काम गर्दछ । यस संस्थाले ३०० जनालाई +२ मा, ५००  जनालाई माध्यमिक तहमा र १५०० जना शिक्षकलाई आधारभूत तहसम्म विभिन्न विषयका शिक्षकहरू उपलब्ध गराइरहेको छ । यसरी यस संस्थाले tutor पठाउँदा tutor लाई पनि आर्थिक लाभ र विद्यार्थीको शैक्षिक गुणस्तर समेत वृद्धि भइरहेको छ । यसरी नै काम गर्ने हो भने आगामी दिनमा धेरैको सिक्ने र सिकाउने कुरामा सहज हुनेछ ।

के के सिक्न र सिकाउन पाइन्छ ?
यस संसथाबाट हालका  लागि १ देखि १२ सम्मका सबै विषय सिक्न र सिकाउन (home tution) सकिन्छ । साथै कुक, चित्रकला, सङ्गीत, खेलकुद, ब्युटिसियन, सिलाइ बुनाइ लगायतका थुप्रै कुराहरू सिक्न र सिकाउने व्यवस्था गरिनेछ । यस संस्थाले प्रत्यक्ष रुपमा समाजमा सकारात्मक प्रभाव पारिरहेको छ ।

पढ्दा पढ्दै पार्ट टाइममा केही गर्छु भन्ने व्यक्तिहरूका लागि छोटो समयमा आर्थिक लाभ हुन्छ । साथै घरमै बसेर छोटो समयमा आफ्नो सीप सिकाइमा दक्षता ल्याउन यसले सहयोग गर्छ । यस्ता tutor बाट पढेका विद्यार्थीको रिजल्ट धेरै राम्रो भएको पाइएको छ ।  यो संस्था दिन प्रतिदिन विस्तारित भइरहेको छ ।

हाल काठमाडौं उपत्यकाभित्र रहे पनि अबको दुई वर्षभित्रमा सबै ठूला शहरमा विस्तार गर्ने योजना रहेको छ । प्रत्येक वर्ष १००० जनालाई सहुलियत तवरबाट जागिर दिने योजना छ । यो संस्था विभिन्न शैक्षिक संघसंगठनबाट सम्मानित भइसकेको छ ।