कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी) बीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ।

एक कार्यक्रम बीच बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।