कीवर्डहरू -

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले नेप्सेमा अनलाइनबाट दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको जानकारी दिएको हो ।

त्यस्तै कारोबारका लागि १३ लाख बढी लगानीकर्ताले अनलाइन सुविधा लिएका छन् । प्रतिवेदनमा सदस्य दलालले सञ्चालन गर्ने नेप्सेको अनलाइन कारोबार प्रणालीसँग जडित व्यापार व्यवस्थापन प्रणाली (टीएमएस) पटक पटक अवरूद्ध भएको उल्लेख गरिएको छ ।

सूचना व्यवस्थापन प्रणाली र पटक पटक बन्द हुने र सर्भर डाउन हुने लगायत गम्भीर प्रकृतिका समस्याहरू रहेको भन्दै  कारण पहिचान गरी समाधान गर्न महालेखाले निर्देशन दिएको छ ।