कीवर्डहरू -

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित एक सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।

यस सम्झौता पश्चात सेञ्चुरीका डेबिट कार्ड लगायत क्रेडिट कार्डबाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका हुन् ।