कीवर्डहरू -

नुबियाको भिडियो र फोटो खिच्न मिल्ने स्मार्टवाच 

नुबियाको भिडियो र फोटो खिच्न मिल्ने स्मार्टवाच 


चाइनिज कम्पनी जेडटिईको सहायक कम्पनी नुबियाले निकै अचम्म लाग्दो स्मार्टवाचको सार्वजनिक गरेको छ । फोल्डिंग स्मार्टफोन र वेयरएवलको प्रतिस्पर्धा चलिरहेको बेलामा नुबियाले यस्तो स्मार्टवाच निकालेको हो । यस स्मार्टवाचलाई नुबियाले नुबिया अल्फा नाम दिएको छ ।

डिस्प्लेको छेउमा ५ मेगापिक्सलको २५ मिमिको क्यामरा राखिएको छ जसले भिडियो र फोटो दुवै खिच्न सक्छ । यस स्मार्टवाचलाई वाइफाई  वा सिम मार्फत इन्टरनेटमा जडान गर्न मिल्ने छ ्र ब्याट्री लाइफ भने २ दिनको अनुमान गरिएको छ ।


अगाडी पट्टि माथि देखि निकै तलसम्म फैलिएको डिस्प्ले छ जुन फोल्ड गर्ने मिल्ने डिस्प्ले भने होइन । यस डिस्प्लेलाई मन लागेकोको आकार दिन मिल्दैन तर पहिलेबाट नै यो डिस्प्लेमा कर्भ राखिएको छ । उक्त डिस्प्लेको साइज ४ इन्चको छ र डिस्प्लेमा एमोलेड प्रविधिको प्रयोग गरिएको छ ।


भित्र स्न्यापड्रागन वेयर २१०० नाम गरिएको प्रोसेसर राखिएको छ । यस लगायत १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज पनि राखिएको छ । यो सबै चलाउनका लागि ५०० एमएएच को ब्याट्री छ । फिट्नेस सम्बन्धि विभिन्न सेन्सरहरु पनि यस स्मार्टवाचमा राखिएको छ । क्ष्ए६७ पानि प्रतिरोधात्मक क्षमता भएको यस स्मार्टवाचको निर्माण भने स्टेनलेस स्टिलबाट भएको हो । सिम लाग्ने र सिम नलाग्ने दुवै मोडलमा यो स्मार्टवाच उपलब्ध हुने कम्पनीले जनाएको छ ।

\"\"