नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जनाएको छ ।
यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा, मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने लगायतका सुविधाहरु पाउने छन् ।