कीवर्डहरू -

आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो

आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो

साउन १ गते अर्थात आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको छ । यसअघि १३ प्रतिशत लाग्दै आएको दूरसञ्चार सेवा शुल्क आर्थिक विधेयक २०७९ मार्फत १० प्रतिशतमा झारिएको हो ।

दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाएसँगै अब इन्टरनेट, टेलिफोन र मोबाइल सेवाको शुल्क समेत आजदेखि घटेको छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ ।

त्यस्तै एनसेलले पनि साउन १ गतेदेखि लागु हुने गरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरेको जनाएको छ । अन्य दूरसञ्चार सेवा प्रदायकले पनि अब आजदेखि लागु भएको दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गर्नुपर्नेछ ।

यसअघि इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन आइस्पानले इन्टरनेट लगभग १७ रूपैयाँ सस्तो  हुने जानकारी गराएको थियो ।