कीवर्डहरू -

सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट

सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले सुपर भ्यालु प्लान ल्याएको छ । कम्पनीले यसअघि भएका प्याकेजलाई परिमार्जन गर्दै सुपर भ्यालु प्लान अन्तर्गत तीनवटा प्याकेज ल्याएको हो ।

यसअन्तर्गत ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ३०० एमबीपीएसको रकस्टार प्याकेज रहेका छन् ।

७५ एमबीपीएसको स्प्रिन्टर प्याकेजको मूल्य ६८०, १५० एमबीपीएसको पपुलर प्याकेजको मूल्य ९२५ र ३०० एमबीपीएसको रकस्टार प्याकेजको मूल्य १ हजार २४४ रूपैयाँ तोकिएको छ । एकैपटक एक वर्षको भुक्तानी गर्दा डुअल ब्याण्ड राउटर समेत निःशुल्क पाइने छ ।

कम्पनीले इन्टरनेट जडान निःशुल्क गर्नेछ भने तार पनि निःशुल्क प्रदान गर्नेछ । त्यस्तै राउटरको लागि ५०० रूपैयाँ डिपोजिट गर्नुपर्नेछ । राउटर रिफण्ड गर्दा डिपोजिट रकम समेत फिर्ता हुनेछ ।