कीवर्डहरू -

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका छन् । असार ३१ गते बसेको मन्त्रीपरिषदको बैठकले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ १२ गते एक सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको थियो । उक्त आवेदन दिने मध्येबाट ११ जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वाताका लागि मन्त्रालयले ११ जना छनोट गरेको थियो ।

त्यस मध्येबाट मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको छनोट समितिले उत्कृष्ठ तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिस गरेका मध्येबाट सरकारले प्रदीप शर्मा पौडेललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त ‍गरेको हो । तत्कालिन केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएसँगै केन्द्रमा कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।