कीवर्डहरू -

साउन ३ गते दराजबाट टेक स्टुडियोका सामान खरिद गर्दा ५१ प्रतिशतसम्म छुट पाइने 

साउन ३ गते दराजबाट टेक स्टुडियोका सामान खरिद गर्दा ५१ प्रतिशतसम्म छुट पाइने 

टेक स्टुडियोका सामान दराजबाट खरिद गर्दा ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । साउन ३ गते दरारको ब्राण्ड डे सिरिजमा उक्त छुट पाइने भएको हो ।

प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टूडियोले हाईफ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवुसहित साउन ३ गते विभिन्न उत्पादनहरूमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गर्नेछ ।

ब्रान्ड डेमा स्मार्टवाचहरू, स्पिकरहरू, टीडब्लुएस इयरबडहरू, ल्यापटपका सामानहरू र अन्य धेरै ब्राण्डहरु उपलब्ध हुनेछन् ।

टेकस्टूडियोका बजार प्रबन्धक रजील शाक्यले आफ्ना नियमित ग्राहकहरूलाई नयाँ अनुभव दिन र अनलाईनमासमेत टेकस्टूडियोका उत्कृष्ट उत्पादनहरू किन्न सहज बनाउन ब्रान्ड डे मनाउन लागेको जानकारी दिए ।

यो एक दिने ब्रान्ड डेको अवसरमा छुटका साथै उत्पादनहरूमा निःशुल्क डेलिभरी, रोमाञ्चक कलेक्टेबल भौचरहरू प्राप्त गर्न सक्नेछन् ।