कीवर्डहरू -

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब पर्सनल कम्प्युटरहरु झनै महंगो हुने

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब पर्सनल कम्प्युटरहरु झनै महंगो हुने

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब व्यक्तिगत (पर्सनल) कम्प्युटरहरु झनै महंगो हुने भएका छन् । इन्टेलले आफ्ना धेरै  प्रोसेसरमा यो वर्ष १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि गर्ने भएको छ ।

यसले गर्दा प्रोसेसर प्रयोग गरिने डिभाईसहरुमा पनि ठूलो प्रभाव पर्न सक्छ । सन् २०२२ को पहिलो त्रैमासिकमा आफ्नो कमाईका आधारमा कम्पनीले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

सबै सामानको मूल्य वृद्धि भईरहकै कारणले आफूले पनि चिपको मूय बढाउनुपरेको कम्पनीको भनाइ छ । सन् २०२०-२१ मा सबैले घरबाटै काम गर्न थालेपछि पिसीको बिक्री बढेको थियो तर अब पहिलेको जस्तो बोक्री हुन छाडेपछि इन्टेलले प्रोसेसरको मूल्य बढाउने भएको हो ।