कीवर्डहरू -

एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ

एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका ९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न लागिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।