कीवर्डहरू -

सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू

सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू

काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन सुरू भएको छ । साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग), इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) र नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले सयुक्त रूपमा आयोजना गरेको पाँच दिने सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन सुरू भएको हो ।

इन्टरनेट सेवा प्रदायक एवम् सूचा संचार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवम् संस्था सानोग र एन्पिनोगले आयोजना गरेको कार्यक्रम साउन २ देखि ६ सम्म सञ्चालन हुनेछ ।

उक्त कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायी साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ ।

कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्ने आयोजकको भनाइ छ ।

पाँच दिने कार्यक्रममा  चार दिन  वर्कशप र १ दिन  कन्फेरेन्स आयोजना हुनेछ । जहाँ राउटिङ इन्फ्रास्टक्चर तथा अपरेसनल सेक्युरिटी, नेटवर्क म्यानेजमेन्ट, मोनिटरिङ तथा सेक्युरिटिसहित इपिभी-६ डेभलभमेन्ट र नेटवर्क सेक्युरिटी लगायतका विषयमा वर्कशप सञ्चालन हुनेछ ।

\"\"

कार्यशालामा विभिन्न क्षेत्रका  विशेषज्ञहरुका साथै केही अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ४ दिनसम्म  ज्ञान एवं तालिम प्रदान गर्नेछन् ।

उक्त तालिम कार्यक्रम  अध्ययनरत् विद्यार्थी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुने आयोजकको विश्चास छ ।

कार्यक्रमको  अन्तिम दिन  दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।

कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने इन्टरनेट एक्सचेन्ज नेपालका कार्यकारी निर्देशक रुपेश भक्त श्रेष्ठले बताए ।

कार्यक्रममा दक्षिण एसियाका इन्टरनेट सेवा प्रदायकसँगै गूगल, अमेजन, मेटा, फेसबुक, नोकिया लगायतले सहभागिता जनाउँदै छन् ।

कार्यक्रमलाई नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क, नेपाल दुरसंचार प्राधिकरण, क्यान महासंघ, आईस्पान, नेपाल इन्टरनेट फाउन्डेसनको विशेष सहयोग रहेको छ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।