कीवर्डहरू -

नमस्ते पेबाटै अब आन्तरिकतर्फको फ्लाइट टिकट काट्न सकिने

नमस्ते पेबाटै अब आन्तरिकतर्फको फ्लाइट टिकट काट्न सकिने

नमस्ते पे वालेटबाट अब आन्तरिक तर्फको फ्लाइट टिकट काट्न सकिने भएको छ । यो सेवा हाललाई नमस्ते पेको एन्ड्रोइड एपमा उपलब्ध रहेको छ भने आईओएसमा पनि छिट्टै आउने छ ।

वालेटमार्फत सस्तो दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

नमस्ते पेले फ्लाइट टिकट काट्नेपहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा तीनसय रूपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् ।

बाँकीले उडान टिकट खरिद गर्दा डेढसय रूपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन् ।