जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको फोटोहरु ६८ जिबी एसएसडीमा खिचेर राखिरहेको छ । यसलाई टेलिस्कोपको ४८ एमबिसिएस कमाण्ड र डेटा ह्याण्डलिगं प्रणालीको मार्फत खिचेको फोटो १२० मिनेटमानै भरिन सकिन्छ । टेलिस्कोपले पृथ्वीमा पनि २८ एमबिसिएसको दरमा डेटा ट्रान्सफर गर्ने गर्दछ ।
नासाले जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ईमेजहरु पनि सार्वजनिक गरेको थियो । यी सबै रंगिन ईमेज रहेका छन् । फोटोमा क्यारिना नेबुला, दक्षिणी रिंग, एसएमएसिएस ०७२३, डब्लुएएसपी ९६ बि र स्टीफन्स क्वीन्टेट रहेका छन् ।
दक्षिणी रिंग नेबुला पृथ्वी भन्दा २५०० लाईट येर टाढा छ । यसलाई नियर इन्फ्रारेड क्यामेरा र मिड इन्फ्रारेड इन्स्ट्रुमेन्ट प्रयोग गरेर खिचिएको हो । यसले चीनले पठाएको हब्बल भन्दा एकदमै धेरै क्लियर ईमेज खिच्न सफल भएको छ ।
यी ईमेजले वैज्ञानिकहरुलाई नेबुलालाई बुझ्न सहज बनाउने छ । स्टीफन्स क्वीन्टेट पनि पृथ्वी भन्दा २९० मिलियन लाईट येर टाढा छ । स्टीफन्स क्वीन्टेटको ईमेज १५० मिलियन पिक्सेल भन्दा बढिको रहेको छ । यी ईमेजहरु एक हजार ओटा ईमेज फाइललाई जम्मा गरेर निर्माण गरिएको छ ।
यो जेम्स वेब स्पेस यो १४ वर्ष देखि टेलस्कोपको विकास र ६ वर्ष देखि क्यालिब्रसन पछि यस्तो राम्रो फोटा खिच्न सक्ने भएको छ । फोटोमा देखिएको ब्रह्माण्ड ब्रह्माण्डहरुको क्लस्टर हो र यसको नाम एसएमएसिएस ०७२३ रहेको छ र यो ब्रह्माण्ड ४.६ अर्ब वर्ष अगाडि रहेको थियो ।
फोटोमा रहेका केही ग्यालेक्सीहरु अहिलेसम्म पनि देखिएका थिएनन् र त्यसको बारेमा वैज्ञानिकहरुले गहन अध्ययन गर्ने निर्णय लिएका छन् ।