कीवर्डहरू -

उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित

उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशिक ईन्जिनियर रोजाकिरण बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित भएकी छिन् । ६० औं इन्जिनियर दिवसको उपलक्ष्यमा मंगलबार नेपाल इन्जिनियर्स एशोसिएसनले आयोजना गरेको एक कार्यक्रममा बासुकला सम्मानित भएकी हुन् ।

ईन्जियिरिङ्ग प्राविधिक ज्ञान र सिपलाई पेशा संलग्नताको युवा उमेरमै बहुआयमिक क्रियाकलापमा संलग्न भई अन्य नयाँ युवा इन्जिनियरका लागि पनि प्रेरणाको स्रोत भएको भन्दै उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

हाल बासुकला प्राधिकरणको फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखामा उपनिर्देशकको भूमिका सेवारत छिन् । यसबाहेक बासुकला वूमन इन टेककी समेत आबद्ध छिन् ।