कीवर्डहरू -

रिब्राण्डिङ हुँदै भोजमाण्डू

रिब्राण्डिङ हुँदै भोजमाण्डू

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ गर्दै कम्पनीले पहिलो चरणमा नयाँ लोगो सार्वजनिक गरेको छ ।

छिट्टै भोजमाण्डूले आफ्नो सेवामा अझ सुधार र गुणस्तरमा  विशेष ध्यान दिएर अगाडि बढ्ने भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए ।

यससँगै भोजमाणडू एपमा पनि धेरै आकर्षक फिचरहरु पनि आउने कम्पनीले जानकारी दिएको छ । अहिले भोजमाण्डूले काठमाणडौँमा बिहान ११ बजे देखि राति २ बजेसम्म  सेवा प्रदान गरिरहेको छ ।

अब छिट्टै बिहान १० बजे देखि राति ३ बजेसम्म सेवा विस्तार गर्ने योजना रहेको यादव बताउँछन् ।