कीवर्डहरू -

चौधरी ग्रुपले ल्यायो \'सिजी लाइफ सेल\', हुवावेसँग सम्झौता

चौधरी ग्रुपले ल्यायो \'सिजी लाइफ सेल\', हुवावेसँग सम्झौता

चौधरी ग्रुपले सिजी लाइफ सेल सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा जारी वर्ल्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा सिजी लाइफ सेल सार्वजनिक गरिएको हो।

नेपालमा सिजी टेलिकमको स्वामित्व रहेको चौधरी ग्रुपले टर्कीको टर्कसेलसँगको सहकार्यमा ‘सिजी लाइफ सेल’ सुरू गरेको जनाएको छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफ्नो आधिकारिक ट्विटमार्फत् यसको जानकारी दिएका हुन्।

यो सेवा शुरु गर्नका लागि सिजी टेलिकम र ट्रकसेलबीच समझदारी भएको छ। दुई कम्पनीबीच सो सम्बन्धमा समझदारी भएको चौधरीले ट्विटरमार्फत् जानकारी दिएका छन्।

उनले ट्विटमार्फत् यो सेवाका लागि पूर्वाधार निर्माण गर्न संसारकै ठूलो दूरसञ्चार पूर्वाधार निर्माता हुवावेसँग सम्झौता हुने बताएका छन्।

नेपालमा आधारभूत मोबाइल सेवाको अनुमति पर्खिरहेको चौधरी समूहले टर्कसेलको सहायक कम्पनी ‘लाइफसेल’ को अवधारणमा सेवा प्रवाह गर्नेगरी उक्त कम्पनी सार्वजनिक गरेको हो।

लाइफसेल डिजिटल सेवा प्रदायक कम्पनी हो, जसको पूर्ण स्वामित्व टर्कसेलसँग छ।

लाइफसेलले मोबाइल इन्टरनेट सेवा दिइरहेको छ। युक्रेनमा आधारित यो कम्पनीले मोबाइल एप्लिकेसनमा आधारित विभिन्न सेवा प्रवाह गर्छ। यसले स्टोरेज, संगीत, अनलाइन म्यागेजिन, खेलकुद, भिडियो, सोसल मिडिया प्याकेज दिइरहेको छ।

अनलाइन वित्तीय कारोबारसमेत गरिरहेको लाइफसेलले सामाजिक शिक्षाजस्ता कार्यक्रम पनि दिइरहेको छ।