कीवर्डहरू -

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपालिका ४ स्थित विश्वकर्मा चोकमा साउन ५ गते नयाँ शोरुम उद्घाटन हुने भएको हो ।

शोरुमको उद्घाटन मिस इन्टरनेसनल २०१७ को बिजयी नीति साह र जनकपुर उपमहानगरपालिकाका मेयर  मनोज कुमार साहले गर्नेछन् भने प्रोडक्ट लन्च  इन्द्रेणी अटोमोबाइल जनकपुरका संस्थापक रामनाथ  साहले गर्ने कार्यक्रम छ ।

बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्री वितरण गर्दै आइरहेको छ । बज्र ग्रुप अन्तर्गत ईभी मोटर्स नेपालले नेपाली बजारमा  लेभ्लिङ स्कूटर लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ।