कीवर्डहरू -

अनलाइनबाटै मतदाता नामावली फाराम भर्न सकिने सेवा थप पाँच जिल्लामा विस्तार

अनलाइनबाटै मतदाता नामावली फाराम भर्न सकिने सेवा थप पाँच जिल्लामा विस्तार

साउन ४ गतेदेखि काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा समेत अनलाइनमार्फत मतदाता नामावली फाराम भर्न सकिने भएको छ ।

यसअघि काठमाडौं, ललितपुर र भुक्तपुरमा उपलब्ध भएको सो सेवा बुधबारदेखि थप ५ जिल्लामा समेत विस्तार भएको हो ।

फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरेर काठमाडौं, ललितपुर, भुक्तपुर, काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा अनलाइनबाटै पेश गर्न सक्ने छन् ।

अनलाइन फाराम भरेपछि उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाणपत्र लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।