कीवर्डहरू -

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपेड सेवाको धरौटीलाई बिलमा समायोजना गर्ने भएको हो ।

कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग धरौटी लिदै आएको थियो ।

एक सूचना जारी गर्दै टेलिकमले धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त रकम समायोजन गरिने टेलिकमले जनाएको छ ।

रकम फिर्ता यहि साउन १ गतेबाट शुरु भईसकेको र साउन मसान्तसम्म सबैले रकम फिर्ता गरिने टेलिकमले जनाएको छ ।