कीवर्डहरू -

१७ वर्षिय नेपाली युवाले बनाए लिनक्समा आधारित अपरेटिङ सिस्टम ‘मेटिस लिनक्स’

१७ वर्षिय नेपाली युवाले बनाए लिनक्समा आधारित अपरेटिङ सिस्टम ‘मेटिस लिनक्स’

१७ वर्षिय नेपाली युवाले लिनक्समा आधारित अपरिटङ सिस्टम बनाएका छन् । स्याङ्जाका नविन तिवारीले लिनक्समा प्रणालीमा आधारित मेटिस लिनक्स नामक अपरेटिङ सिस्टम बनाएका हुन् ।

यो अपरेटिङ सिस्टम लाइटवेट रहेको छ । यसलाई इन्स्टल गर्दा कम्प्युटरको २५० एमबी र्‍याम मात्रै खपत गर्नेछ । मेटिस लिनक्स ओएस सन् २०२१ को मार्चमा बनाउन सुरू गरेको उनले बताए ।

सुरूमा मेटिस लिनक्स एक्लै बनाउन कस्सिएपनि पछि गएर योगेश लामिछाने र सफल पिया पनि यस परियोजनामा जोडिएका छन् ।

अन्य अपरेटङ सिस्टममा अनावश्यक प्याकेज आउने र ब्लोटेड हुने भएका कारण आफ्नै अपरेटिङ सिस्टम बनाउने आईडिया आएको उनले बताए । ‘म आफ्नै अपरेटिङ सिस्टम बनाउन चाहन्थे,’ नवीनले भने, ‘जहाँ के प्याकेज इन्स्टल गर्ने, के रन गर्ने र के नगर्ने आफै निर्णय लिन सकियोस् ।’

सी र सी प्लस प्लस प्रोग्रामिङ ल्याङ्वेजको समिश्रणबाट मेटिस लिनक्स तयार पारिएको हो । यसमा फायरफक्स ब्राउजर डिफल्ट उपलब्ध हुनेछ । यसमा अनावश्यक प्याकेजहरू राखिएको छैन् ।

मेटिस लिनक्सले विन्डो म्यानेजर सपोर्ट गर्दछ । यसमा लिनक्समा जस्तै कमाण्ड हान्नु पर्ने हुन्छ । नेपालमा अहिलेसम्म यस्तो खालको अपरेटिङ सिस्टम कसैले पनि नबनाएको तिवारीको दावी छ ।

यदी तपाई मेटिस लिनक्स अपरेटिङ सिस्टम प्रयोग गर्न चाहनुहुन्छ भने सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि डाउनलोडमा गएर अपरेटिङ सिस्टम डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ ।