कीवर्डहरू -

सञ्चालनमा आयो बिग डिजिटल, ९० बढी ब्राण्डका घरायसी तथा विद्युतीय सामग्री पाइने

सञ्चालनमा आयो बिग डिजिटल, ९० बढी ब्राण्डका घरायसी तथा विद्युतीय सामग्री पाइने

मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल सञ्चालनमा आएको छ । नायिका तथा स्टोरकी ब्राण्ड एमबास्डर स्वस्तिमा  खड्काले ललितपुरको  ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा एक समारोहबीच बिग डिजिटलको उद्घाटन गरेकी हुन् ।

सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादन लगायतका उत्पादनहरु उपलब्ध रहने बताइएको छ ।

अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल  ढंगले  नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले स्टोर स्थापना गरिएको बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले बताए ।

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि:शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन् ।