कीवर्डहरू -

नीमा एकेडेमीले सम्पन्न गर्‍यो डिजिटल शिक्षण अध्ययन प्रणाली प्रशिक्षण कार्यक्रम

नीमा एकेडेमीले सम्पन्न गर्‍यो डिजिटल शिक्षण अध्ययन प्रणाली प्रशिक्षण कार्यक्रम

नीमा एकेडेमी र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा तीनहप्ते डिजिटल शिक्षण अध्ययन प्रणाली तालिम समापन भएको छ ।

चाँगुनारायण नगरपालिकाको पहलमामा सम्पन्न भएको उक्त शिक्षक तथा विद्यार्थी अभिमुखीकरण तालिममा नीमा एकेडेमी ई-लर्निङ्ग प्लेटफर्मको डिजिटल माध्यमबाट शिक्षकले के-कसरी पठनपाठन गर्न सक्छन् भन्ने विषयमा  केन्द्रित रहेको कुरा नीमा एकेडेमीले जनाएको छ।

जमाना परिवर्तन सँगै पढ्ने, लेख्ने र बुझ्ने तरिकालाई पनि परिवर्तन गर्दै प्रभावकारिताको सम्बृद्ध बाटो अंगाली शिक्षण क्षेत्रलाई पनि परिवर्तनमुखी बनाउने हेतुले यो शिक्षण प्रशिक्षण प्रणाली अत्यावश्यक रहेको तालिम सहजकर्ता सुजित गो. श्रेष्ठले बताए ।

उक्त प्रशिक्षण अवधिमा पालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी चौतीस वटा विद्यालयसँग आबद्ध शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए ।