कीवर्डहरू -

ब्रोडब्याण्ड इन्टरनेटको शुल्क घटाउन प्राधिकरणले विभिन्न तरिका खोजिरहेको छः अध्यक्ष खनाल 

ब्रोडब्याण्ड इन्टरनेटको शुल्क घटाउन प्राधिकरणले विभिन्न तरिका खोजिरहेको छः अध्यक्ष खनाल 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले इन्टरनेटको शुल्क घटाउन काम गरिरहेको बताएका छन् ।

साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग), इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) र नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले सयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवाको शुल्क घटाउन विभिन्न तरिकाहरू खोजिरहेको छ,’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले भने, ‘जुन पूर्वाधारको सहप्रयोगबाट हुन सक्छ वा कर घटाएर हुन सक्छ वा अन्य तरिकाबाट हुन सक्छ ।’

प्राधिकरणले फोरजी सेवाका लागि थप फ्रिक्वेन्सी स्पेक्ट्रम रिलिज गर्ने तयारी गरेको छ । हाई मोबाइल डेटा रेटका लागि अहिले उपलब्ध रहेको फ्रिक्वेन्सीले मात्रै नपुग्ने भन्दै खनालले थप फोरजी फ्रिक्वेन्सी खुला गर्न प्राधिकरणले काम गरिरहेको जानकारी दिए ।

साउन २ गतेदेखि सुरू भएको उक्त कार्यक्रममा राउटिङ इन्फ्रास्टक्चर तथा अपरेसनल सेक्युरिटी, नेटवर्क म्यानेजमेन्ट, मोनिटरिङ तथा सेक्युरिटिसहित इपिभी-६ डेभलभमेन्ट र नेटवर्क सेक्युरिटी लगायतका विषयमा वर्कशप सञ्चालन भइसकेका छन् । आज कन्फेरेन्स सञ्चालन भइरहेको छ ।