कीवर्डहरू -

साउन २० गतेदेखि केयु ह्याक फेष्ट, कुल पुरस्कार राशि २ करोड 

साउन २० गतेदेखि केयु ह्याक फेष्ट, कुल पुरस्कार राशि २ करोड 

साउन २० गतेदेखि २२ गतेसम्म केयु ह्याक फेष्ट २०२२ आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबले आयोजना गरेको उक्त ह्याकफेष्ट ३६ घण्टासम्म सञ्चालन हुनेछ ।

नेपालमै पहिलो पटक हाइब्रिड ढाँचा (अफलाइन र अनलाइन) मा केयु ह्याक फेष्ट सञ्चालन हुने लागेको विश्वविद्यालयको कम्प्युटर क्लब सचिव आयुष पोखरेलले बताए ।

यो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हो । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगी सहभागी हुनेछन् । काठमाडौं विश्वविद्यालयका विद्यार्थी भौतिक रूपमा र अन्य विश्वविद्यालयका विद्यार्थी अनलाइनबाट ह्याक फेष्टमा सहभागी हुन पाउनेछन् । १६ वर्ष माथिका र स्नातह तह पास गरेको एक वर्ष भएका विद्यार्थी निःशुल्क सहभागी हुन सक्नेछन् ।

सहभागी हुनका लागि अहिले आवेदन खुला गरिएको छ । ह्याक फेस्टको वेबसाइट मा गएर आगामी अगष्ट १ गतेदेखि आवेदन दिन सकिने छ । ह्याक फेष्टमा सगभागी हुनेले निरन्तर ३६ घण्टाको समयमा आफ्नो आईडियाको प्रोटोटाइप बनाउनु पर्नेछ । त्यसमध्ये उत्कृष्ट आईडियालाई पुरस्कार समेत प्रदान गरिने छ ।

क्यु ह्याक फेष्टले मेजर लिग ह्याकिङसँग सहकार्य गरेको छ । यस सहकार्यले अन्तर्राष्ट्रिय प्रायोजक ल्याउने धेरै सहयोगले गरेको उनको भनाइ छ ।

केयु ह्याक फेष्टको कुल पुरस्कार राशि करिब २ करोड बराबरको रहेको छ । ह्याक फेष्टमा प्रथम हुनेलाई ५५ हजार ५ सय रूपैयाँ दोस्रो हुनेलाई ३३ हजार ३३३ रूपैयाँ, तेस्रो हुनेलाई २२ हजार २२२ रूपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै बिगिनरहरूको उत्कृष्ट परियोजनालाई ११ हजार १११ रूपैयाँ प्रदान गरिने छ । यो पुरस्कार कक्षा ११-१२ पढिरहेका वा स्नातह तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको उत्कृष्ट आईडियालाई प्रदान गरिनेछ ।

नगद पुरस्कार बाहेक विजेताले विभिन्न कम्पनीको प्याकेज तथा लाइसेन्स पनि पाउने छन् । त्यसैगरी विजेतालाई डिजिटल ओसियनले २ हजार डलर बराबरको क्रेडिट दिनेछ ।

साथै सहभागी हुनेले पनि स्पोन्सरको तर्फबाट विभिन्न सेवाको लाइसेन्स र ट्रायल सेवा पाउने छन् । यी बाहेक विजेता तथा सहभागीले अन्य थुप्रै पुरस्कार पाउने छन् ।

विद्यार्थीहरूले आफ्नो आईडियालाई बजारमा लैजान सकुन भनेर यो प्रतिस्पर्धा आयोजना गर्न लागेको उनले बताए ।