कीवर्डहरू -

पिक्सेल सिक्स एको प्रिअडर सुरू, जुलाई २८ देखि धेरै ठाउँमा उपलब्ध हुने

पिक्सेल सिक्स एको प्रिअडर सुरू, जुलाई २८ देखि धेरै ठाउँमा उपलब्ध हुने

गूगल पिक्सेल सिक्स ए को प्रिअडर जुलाई २१ देखि सुरू गरेको छ । गूगल पिक्सेल ६ र पिक्सेल ६ प्रोको सफलता पछि गूगलले पिक्सेल ६ ए सार्वजनिक गर्ने भएको हो ।

यो फोन जुलाई २८ देखि धेरै ठाउँहरुमा उपलब्ध हुनेछ । यो कुराको जानकारी टिपस्टरका म्याक्स ज्यामबोरले दिएका हुन् । मेमै गूगलले गूगल आईओ २०२२ इभेन्टमा यो फोनको बारेमा बताएको थियो र अब यो सार्वजनिक हुने भएको छ ।

गूगल पिक्सेल ६ ए मा टेन्सर चिपनै प्रयोग गरिनेछ । यसको स्क्रीन ६.२ इन्चको एएमओएलइडी प्यानेल रहेको छ । फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज हुनेछ ।

यसमा गूगलको नाईट स्काई, म्याजिक ईरेजर र अरु एडभान्सड क्यामेरा फिचरहरु रहेका छन् । प्रिअर्डर गर्दा फोनको मूल्य ४९९ अमेरिकी डलर रहेको छ ।