कीवर्डहरू -

डिजिटल वित्तीय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा तयार गरिने

डिजिटल वित्तीय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा तयार गरिने

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तिय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा २०७९ तयार गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

वित्तिय ग्राहक संरक्षण, डिजिटल वित्तिय साक्षरता र वित्तिय साक्षरता सम्बन्धि तालिम निर्देशिकासहितको वित्तीय साक्षरता रूपरेखा २०७९ तयार गरिने उनले जानकारी दिए ।

साथै वित्तिय साक्षरता सम्बन्धि विषयलाई विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने बताए ।