नेपाल राष्ट्र बैंकले स्टार्टअप व्यवसायमा कर्जाको पहुँच बढाउन पियर टु पियर लेन्डिङ र क्राउड फण्डिङ सम्बन्धि अध्ययन गर्ने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
स्टार्टअप व्यवसायमा कर्जाको पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूहरू जस्तै पियर टु पियर, लेन्डिङ र क्राउड फण्डिङ सम्बन्धमा अध्ययन गरिने बताए ।