कीवर्डहरू -

विदेशी डिजिटल कार्डबाट अब नेपाली डिजिटल कार्डमा रेमिट्यान्स पठाउन सकिने

विदेशी डिजिटल कार्डबाट अब नेपाली डिजिटल कार्डमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट स्वदेशमा ‘कार्ड टु कार्ड’ रेमिट्यान्स पठाउन मिल्ने  व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले त्यस्तो घोषणा गरेका हुन् ।

मौद्रिक नीति सार्वजन गर्दै गर्भनर अधिकारीले कुनै पनि व्यक्तिले विदेशी बैंकबाट जारी भएको कार्डबाट नेपाली बैंक तथा वित्तिय संस्थाले जारी गरेको कार्डमा कार्ड टु कार्ड रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गर्ने बताएका हुन् ।

यसका लागि राष्ट्र बैंकले आवश्यक नीतिमा निर्माणमा गर्ने बताए ।