कीवर्डहरू -

जनकपुरमा लेभ्लिङको २५ औँ शोरूम

जनकपुरमा लेभ्लिङको २५ औँ शोरूम

धनुषाको जनकपुरमा लेभ्लिङको २५ ‍औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभी मोटर्स नेपालले नेपाली बजारमा  लेभ्लिङ स्कूटर बिक्री वितरण गर्दै आएको छ ।

जसअनुसार जनकपुरका लागि आधिकारिक विक्रेता इन्द्रेणी अटोमोबाइललाई चयन गरिएको छ । जनकपुरधाम ४ स्थित विश्वकर्मा चोकमा रहेको शोरुमको बिहीबार उद्घाटन भएको थियो ।

मिस इन्टरनेसनल २०१७ की विजयी नीति साह र जनकपुर उपमहानगरका  मेयर मनोज साहले शोरुमको उद्घाटन गरे भने बज्र ग्रुपका एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरद प्रोडक्टको उद्घाटन  गरे ।

कार्यक्रमका सभापति इन्द्रेणी अटोमोबाइलका सञ्चालक रामनाथ साहले लेभ्लिङ ब्राण्ड राम्रो भएको बताए ।