कीवर्डहरू -

दराजको महाबचत अभियान सुरू, टर्की उड्ने निःशुल्क टिकटदेखि ६० प्रतिशतसम्म छुट 

दराजको महाबचत अभियान सुरू, टर्की उड्ने निःशुल्क टिकटदेखि ६० प्रतिशतसम्म छुट 

दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु गरेको छ । साउन ८ गते बाट सुरु भएको यो अभियानको मुख्य उद्देश्य ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

यसैसंग अभियानको मुख्य हाइलाइटहरु भने ६०% सम्म छुट, अनलाइन प्रीपेमेन्टमा रु. १५०० सम्म को छुट, ७००० सम्मको भौचर, निःशुल्क शिपिंग, र बम्पर उपहारमा टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका रहेको छ।

अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२% (अधिकतम रु १५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले माथि उल्लेखित छुटको लाभ लिन सक्नेछन् ।

यसबाहेक, आफ्नो ई-सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १०% (अधिकतम रु १०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ, जस मार्फत ग्राहकहरुले निम्न मध्ये कुनै पनि पुरस्कार १ रुपैयाँमा जित्ने मौका पाउने छन् : निउ क्लासिक हेल्मेट, हाईग्राउन्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री। स्पष्ट गर्नको लागि, ग्राहकले एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन् ।

सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु १ प्रिपे गर्नुपर्छ। प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिनेछ।

दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६०% सम्म छुट पाउने छन् । अभियानका लागि डायमण्ड पार्टनर्स: एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् ।

प्लेटिनम पार्टनर्समा  एर्के, सिजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एण्ड यु फर्निचर रहेका छ भने र अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी रहेका छन् । अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।