कीवर्डहरू -

सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन खुला भइसकेको छ । असार १७ गतेदेखि सुरू भएको अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म खुला हुनेछ ।

नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा ११ विधामा अनलाइन नोमिनेशन खुला गरिएको छ ।

अनलाइन आवेदन दिनका लागि सुरूमा य हाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ अवार्डका विधाहरू देखिन्छन् अनि आफुले कुन विधामा आवेदन दिने त्यो विधामा क्लिक गर्नुहोस् । यतिगरेपछि गूगल फाराम खुल्छ र गूगल फाराममा मागिए अनुसार विवरण राखेर आवेदन दिन सकिन्छ ।

यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन् ।

आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।