कीवर्डहरू -

सूचना प्रविधि बारे पाँच दिने वर्कशप तथा सम्मेलन सम्पन्न 

सूचना प्रविधि बारे पाँच दिने वर्कशप तथा सम्मेलन सम्पन्न 

साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग ) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगको आयोजनामा भएको पाँच दिने कार्यशाला तथा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान भएको थियो ।

नेपाल इन्टरनेट एक्सचेन्जका अध्यक्ष किशोर पन्तका अनुसार  कार्यक्रम साउथ एसियाका आइएसपी, टेलिकम्युनिकेसन र नेटवर्क अपरेट गर्ने अपरेटरहरुको जमघट गरी प्राविधिक ज्ञानहरु एक अर्कासँग सेयर गरेर र टेक्निकल ज्ञान भएका व्यक्तिहरुलाई ट्रेनिङ  दिएर सम्पन्न भएको छ ।

५ दिने कार्यक्रममा सुरूका ४ दिन वर्कशप र अन्तिम दिन ‍सम्मेलन आयोजना भएको थियो । एनपीनगका प्रेसिडन्ट तथा नेपाल इन्टरनेट एक्सचेन्जका वोर्ड अफ डाइरेक्टर समित जंग थिंगले इन्टरनेट कुनै देश र संस्थाको अधिनमा नरहेको र इन्टरनेटलाई सञ्चालन गर्ने अधिकार समाजसँग रहेको उनले बताए ।

उनका अनुसार नोग भनेको कुनै पनि देशका इन्टरनेट अपरेटिभहरुको समुह हो, जो इन्टरनेटसँग सम्बन्धित काम गर्ने मानिसहरुको समुह हो भनेका छन् । NOG हरु  नन प्रोफिट समुदाय हो ।

नेपालको लागि एनपी भएजस्तै भारतका लागि आएन लग, बंगलादेशको बीडि लग र फिलिपिन्सको पिएस गलजस्तै प्रत्येक देशका आफ्नै लग रहेको हुन्छ । थिंङका अनुसार सानहग साउथ एसियामा भएका सम्पर्ण देशहरु मिलेर गठित समुहलाई सानहक र त्यो भन्दा माथि एपरिकप एसिया प्यासिफिक हो ।

राउटिंग  इन्फ्रास्ट्रक्चर र अपरेशनल सेक्युरिटी : नेटवर्क म्यानेजमेन्ट मोनिटरिङ एण्ड सेक्युरिटी, आइपीभिसिक्स डेपलोइमेन्ट र नेटवर्क सेक्युरिटी लगायतका विषयमा वर्कशप सञ्चालन गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन शुक्रबार नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिएका थिए ।