कीवर्डहरू -

मेरो जब डटकमले आईपीओ जारी गर्ने 

मेरो जब डटकमले आईपीओ जारी गर्ने 

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्वजनिक गर्ने भएको छ ।

साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

मेरो जबले रोजगारी खोजिरहेका व्यक्ति र रोजगारी दिने संस्थालाई जोड्ने काम गर्दै आएको छ । नेपालको सन्दर्भमा सर्वसाधारणमा आइपीओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो ।

मेरो जब लिमिटेडले मेरो जब डटकम जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ ।

हाल मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदैं आईरहेका छन् ।

यसका साथै मेरो जब लिमिटेडले वर्षेनि १,००० भन्दा बढी क्यापासिटी बिल्डिङ्ग कार्यक्रम अन्तर्गत विभिन्न शिर्षकमा तालिमहरु प्रदान गर्दै आइरहेको छ ।

मेरो जब लिमिटेडले आगामी दिनहरुमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धी अन्य सेवाहरु प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरु तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरुपको कर्मचारी प्राप्त गर्न पुलको भुमिका निर्वाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।