कीवर्डहरू -

कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी 

कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी 

अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० का विद्यार्थीहरूका लागि एकेडेमीले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेको हो ।

कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूले ‘दि स्कोप अफ ईलर्निङ इन नेपाल अर्थात नेपालमा ई-लर्निङको दायरा’ विषयमा निबन्ध लेखेर पठाउन सक्नेछन् ।

निबन्ध कम्तिमा पनि १२०० शब्दको हुनुपर्नेछ । निबन्ध लेखेर आउँदो साउन १३ गतेसम्म [email protected] मा पठाउनु पर्नेछ । कम्पनीका अनुसार नतिजा साउन १५ गते घोषणा गरिने छ ।

निबन्ध प्रतियोगितामा प्रथम हुनेले ३ हजार रूपैयाँ र एउटा गुडी ब्याग पुरस्कार दिइने छ । त्यस्तै दोस्रोलाई २ हजार रूपैयाँ र गुडी ब्याक तथा तेस्रोलाई १ हजार रूपैयाँ र एउटा छाता पुरस्कार दिइने कम्पनीले जानकारी दिएको छ । साथै विजेतालाई एक वर्षको सब्सक्रिप्सन पनि निःशुल्क प्रदान गरिने छ ।