कीवर्डहरू -

प्राधिकरणले सिमकार्ड बिक्री प्रक्रियाको नयाँ कार्यविधि ल्याउँदै

प्राधिकरणले सिमकार्ड बिक्री प्रक्रियाको नयाँ कार्यविधि ल्याउँदै

काठमाडौं । मोबाइल सेवा प्रदायकका लागि लक्षित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ कार्यविधि ल्याउने भएको छ । 

मोबाइल सेवा प्रदायकको सिमकार्ड बिक्री प्रकृयादलाई व्यवस्थित गर्न प्राधिकरणले ‘ईकेवाईसी सिस्टम’ को कार्यविधि मस्यौदा तयार पार्दै सिमकार्ड बिक्रीलाई केन्द्रिकृत प्रणालीमा लाने भएको हो ।

यसअघि नै छलफलमा आएको ई केवाईसी सिस्टम कार्यविधिलाई प्राधिकरणले अन्तिमरुप दिने तयारी गरेको हो ।

धिकरणको वार्षिक योजनामा नै ई-केवाईसी सिस्टमको कार्यबिधि तयार पार्ने उल्लेख रहेको हुँदा यो वर्षभित्रै सो कार्यबिधि ल्याउन लागिएको हो ।

त्यसैगरि सो कार्यबिधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी सिमकार्ड व्यवस्थापन गर्न सक्ने छ।

सिमकार्ड दूरुपयोग गर्दै अपराधिक गतिबिधि गर्ने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाटै गुनासो आएका हुँदा त्यसलाई पनि नयाँ कार्यबिधिले सम्बोधन गर्ने प्राधिकरणको भनाई छ ।

-टेक्नाेलाेजी खबर डटकमकाे सहयाेगमा