कीवर्डहरू -

सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना गर्ने बताएका छन् ।

सोमबार आयोजना भएको बिजनेस इन्क्युबेटर सम्बन्धि सम्मेलनमा उनले यस्तो बताएका हुन् । बिजनेस इन्क्युबेटर इस्टाबिलिसिङ सम्बन्धि यो नेपालकै पहिलो समिट हो ।

सह सचिव दुवाडीले  सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापनाका साथै स्टार्टअप च्यालेन्ज फण्ड सुरू गर्ने जानकारी दिए ।

नेपालको स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो बनाउन सम्मेलन आयोजना भइरहेको छ ।